राजावादीलाई विप्लवको खबरदारी : हामीलाई सामन्तको खाँचो छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल पश्चगमनमा नफर्किने बताएका छन् । नेपाली जनताले गणतन्त्रमा गौरव गर्ने भएकाले मुलुक पश्चगमनमा नजाने बताएका हुन् । गणतन्त्र भित्रका समस्या समाधान गर्दै जानुपर्ने भन्दै वर्तमान समस्या कुनै सामन्तले समाधान गर्न नसक्ने बताए । ‘म राजवादीहरूलाई भन्न चाहन्छु, हामीलाई सामन्तको खाँचो छैन । नेपाली जनताले बलिदान […]

Mar 28, 2025 - 09:16
 0
राजावादीलाई विप्लवको खबरदारी : हामीलाई सामन्तको खाँचो छैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल पश्चगमनमा नफर्किने बताएका छन् । नेपाली जनताले गणतन्त्रमा गौरव गर्ने भएकाले मुलुक पश्चगमनमा नजाने बताएका हुन् ।

गणतन्त्र भित्रका समस्या समाधान गर्दै जानुपर्ने भन्दै वर्तमान समस्या कुनै सामन्तले समाधान गर्न नसक्ने बताए । ‘म राजवादीहरूलाई भन्न चाहन्छु, हामीलाई सामन्तको खाँचो छैन । नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्रमा गौरव गर्ने भएकाले फेरि सामन्तको शासन स्वीकार गर्ने छैनन्,’ उनले भने ।

गणतन्त्रभित्रका कमजोरीको सुधारमा राजनीतिक दलहरू अघि बढ्नुपर्ने उनले बताए । ‘अग्रगामी शक्तिले नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको छ । हामी सच्चिनुपर्ने बेला आएको छ । हामी सामन्ती शासनमा फर्किने होइन मुलुकलाई समाजवादीको बाटोमा अग्रसर गराउन अघि बढ्नुपर्छ,’ उनले भने ।

राजावादीहरूको आन्दोलनलाई साधरण ठान्न नहुने उनले बताए । ‘राजा पुर्नस्थापनाको आन्दोलनलाई केही पनि होइन भन्नु हुँदैन । यसमा केही षड्यन्त्र भएका हुनसक्छन् । त्यसलाई पररास्त गर्नुपर्छ,’ उनले भने ।

मुलुकलाई समाजवादमा लाँदै मुलुकलाई समृद्धिको बाटोमा लान अग्रगामी शक्तिहरू सक्षम रहेको उनले बताए । नेपालको रूपान्तरणका लागि अब नयाँ ढङ्गले लाग्नुपर्ने बताए । जनताको स्वाभिमानको सम्मान र समृद्धि सुनिश्चित हुने मुलुक निर्माणमा अघि बढ्नुपर्ने उनले बताए । अग्रगमनको यात्राका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register