भविष्य खोज्ने होइन, बनाउने हो : मोडल स्वस्थानी तामाङ (अन्तर्वार्ता)

पछिल्लो समय मोडलिङ र नृत्य क्षेत्रमा चम्किएकी २१ वर्षीया स्वस्थानी तामाङ चर्चाको शिखरमा पुगेकी छिन् । सानै उमेरदेखि सङ्घर्षरत रहँदै आएकी तामाङले छोटो समयमा दर्शकको मन जित्न सफल भएकी हुन् । घरको जेठी छोरी भएकाले उनले १५ वर्षको उमेरदेखि नै काम गर्न सुरु गरेकी थिइन् । कमजोर आर्थिक अवस्थाबीच पनि परिवारको जिम्मेवारी सम्हाल्दै उनले आफ्नो […]

May 6, 2025 - 13:17
 0
भविष्य खोज्ने होइन, बनाउने हो : मोडल स्वस्थानी तामाङ (अन्तर्वार्ता)

पछिल्लो समय मोडलिङ र नृत्य क्षेत्रमा चम्किएकी २१ वर्षीया स्वस्थानी तामाङ चर्चाको शिखरमा पुगेकी छिन् । सानै उमेरदेखि सङ्घर्षरत रहँदै आएकी तामाङले छोटो समयमा दर्शकको मन जित्न सफल भएकी हुन् ।

घरको जेठी छोरी भएकाले उनले १५ वर्षको उमेरदेखि नै काम गर्न सुरु गरेकी थिइन् । कमजोर आर्थिक अवस्थाबीच पनि परिवारको जिम्मेवारी सम्हाल्दै उनले आफ्नो करिअर अगाडि बढाउँदै आइन् । उनलाई स्कुलका प्रिन्सिपल घनेन्द्र भट्टराईले नृत्य र रियालिटी शोमा सहभागी हुन प्रोत्साहन गरेका थिए ।

तामाङले ‘प्रतिभाको आँगन’ रियालिटी शोमा उत्कृष्ट नृत्य प्रस्तुत गर्दै प्रथम श्रेणीको उपाधि प्राप्त गरेकी थिइन् । त्यसपछि ‘एसी डान्स च्याम्पियन’ कार्यक्रममा छात्रवृत्तिसमेत प्राप्त गरेकी उनी हाल कक्षा ११, १२ हुँदै स्नातक तहसम्म अध्ययन गरिरहेकी छन् ।

पढाइसँगै उनी नृत्य शिक्षकको रूपमा काठमाडौंका विभिन्न विद्यालयहरूमा कार्यरत छिन् । साथै, उनले विभिन्न महोत्सव, कर्पोरेट कार्यक्रम र अवार्ड समारोहहरूमा आफ्नो नृत्य प्रस्तुत गर्दै आएकी छन् । तामाङ करातेमा ब्राउन बेल्ट हासिल गरिसकेकी खेलाडीसमेत हुन् ।

फिल्म क्षेत्रमा पनि गहिरो रुचि राख्ने तामाङले थियटरमार्फत अभिनय तालिम लिइरहेकी छन् । भविष्यमा नेपाली चलचित्र क्षेत्रमा आफूलाई सफल कलाकारका रूपमा स्थापित गर्ने उनको लक्ष्य छ । प्रस्तुत छ, सुवास श्रेष्ठ प्रधानले लिएको अन्तर्वार्ताको छोटो अंश –

हाल तपाईं केमा व्यस्त हुनुहुन्छ ?

आजभोलि म केही स्कुलहरूमा डान्स टिचरको रुपमा काम गर्छु । नियमित डान्स प्राक्टिस, साथै विभिन्न कर्पोरेट इभेन्ट, महोत्सव साथै अवार्ड कार्यक्रममा व्यस्त छु ।

अभिनय सिक्नु कतिको आवश्यक छ ?

जीवनमा अगाडि बढ्नको लागि शिक्षा निकै महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि क्षेत्रमा सफलता हासिल गर्नको लागि ज्ञानको आवश्यकता हुनु निकै नै जरुरत छ । यदि कोही व्यक्ति म कलाकार बन्छु भने लाई अभिनयको ज्ञान हुनु आवश्यक छ ।

जीवनमा सिकेका कुराहरू कहिले पनि खेर जाँदैन । अहिले अभिनय सिक्नको लागि थिएटर, फिल्म कलेज, धेरै ठाउँ छन् । डाक्टर पढ्न विज्ञानको आवश्यकता छ भने जस्तै कोही व्यक्ति कलाकार बन्न चाहन्छन् भने अभिनय सिक्न निकै नै आवश्यक रहन्छ ।

कला क्षेत्रमा आफ्नो भविष्य कस्तो देख्नुभएको छ ?

विद्यार्थी जीवनदेखि नै आफू स्कूलको नृत्य प्रतियोगितामा प्रथम हुन्थेँ । सानैदेखि डान्स भन्ने बित्तिकै हुरुक्क हुन्थेँ म । मेरा गुरुवर्गहरूलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । आज यो स्थानमा पुग्नको लागि उहाँहरुको धेरै नै मेहनत छ ममाथि । आफूलाई अब्बल बनाउनको लागि दिनरात मेहनत गर्दैछु । कला क्षेत्रमा आफ्नो भविष्य सुखद् देख्छु ।

तपाईं कस्तो डान्स गर्न रुचाउन चाहनुहुन्छ ?

एउटा कलाकार भएपछि सबै प्रकारका नृत्यको ज्ञान हुनु आवश्यक छ । कल्चर डान्स, कन्टेम्पोररी डान्स, बलिउड डान्स, सबै फर्मका डान्सहरूको ज्ञान हुन आवश्यक छ । म आफू भर्सटाइल डान्सरको रुपमा चिनाउन चाहन्छु ।

कला क्षेत्रमा भविष्य छैन भन्नेलाई के भन्न चाहनुहुन्छ ?

कला क्षेत्रमा लाग्नको लागि सर्वप्रथम धैर्यता, मेहनत र अनुशासित हुनु निकै आवश्यक छ । अहिले हरेक क्षेत्रमा भविष्य देख्न सकिन्छ । समय लाग्न सक्छ तर मेहनतले त्यो गन्तव्य अवश्य नै पुर्याउँछ । सफल भएन भने निराश हुनु पर्दैन । आफ्नो निरन्तर प्रयास जारी राख्न आवश्यक छ । आज कला क्षेत्रबाट नै धेरै कलाकारहरूले घर ,जग्गा, गाडी , बैङ्क ब्यालेन्स जोड्न सफल भएका छन् । कला क्षेत्रमा कसरी भविष्य छैन भन्न सक्छौ त ? जीवनमा हार कहिले खानुहुन्न र प्रयास गरिरहनुपर्छ । सफलता तपाईंको आफ्नो वरिपरि नै हिँडिरहेको हुन्छ । भविष्य खोज्ने होइन भविष्य बनाउने हो ?

नेपाली चलचित्र क्षेत्रमा आउने सोच छ ?

सानै उमेरदेखि नै कलाकार बन्ने सोच भएको कारणले आफूलाई राम्रोसँग तयार गरेर यस क्षेत्रमा आउन चाहेकी थिएँ । मलाई नेपाली चलचित्र निकै नै मनपर्छ । म आफ्नो कला र क्षमताले अगाडि बढ्न चाहन्छु । म पूर्ण रूपले तयार छु । राम्रो स्क्रिप्ट र राम्रो टिम पायो भने अवश्य नै चलचित्र खेल्ने छु ।

अन्त्यमा युवा वर्गलाई के भन्न चाहनुहुन्छ ?

मान्छेको जीवन कहाँ गरेर टुङ्गिन्छ त्यो थाहा हुँदैन । जीवनलाई अविस्मरणीय बनाउनको लागि सधैँ खुसी रहनुपर्छ । सफल भएन भनेर हरेश कहिले खानु हुँदैन । मेहनतको फल अवश्य नै आउँछ । जीवन एउटा चक्र हो ।

जीवनमा आइपरेका हरेक अप्ठ्याराहरूलाई सहज रूपले स्वीकार्नु आवश्यक छ । हामी हाम्रो आदि जीवन सुतेर नै बिताउँछौँ । समय बलवान् छ । समयको सही सदुपयोग गरौं । मानव चोलालाई सार्थक बनाउन आवश्यक छ । समय कहिले फर्केर आउँदैन , यो हाम्रो बसमा छैन । आफूभित्र भएका प्रतिभालाई उजागर गरौँ । आफूलाई मनलागेको काम गरौं । कसैको दबाब वा प्रभावमा नपरौं ।

तस्वीर – देवराज आचार्य

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register