भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !

काठमाडौं । भारतले जम्मू-कश्मीरको चेनाब नदीमा बनेका सियाल र बगलिहार बाँधका ढोकाहरू बन्द गरेको छ । पहलगाममा भएको आतङ्कवादी हमलापछि पाकिस्तानसँग तनाव बढिरहेको बेला भारतले यस्तो कदम चालेको हो । पाकिस्तानतर्फ बग्ने चेनाबको पानीको बहाव रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पानीको सतह १५ फिटमा झरेको बताइएको छ । पाकिस्तानमा चेनाबको पानीको सतह २२ फिट […]

May 6, 2025 - 11:08
 0
भारतले रोक्यो पाकिस्तानतर्फ बग्ने चेनाब नदी !

काठमाडौं । भारतले जम्मू-कश्मीरको चेनाब नदीमा बनेका सियाल र बगलिहार बाँधका ढोकाहरू बन्द गरेको छ । पहलगाममा भएको आतङ्कवादी हमलापछि पाकिस्तानसँग तनाव बढिरहेको बेला भारतले यस्तो कदम चालेको हो ।

पाकिस्तानतर्फ बग्ने चेनाबको पानीको बहाव रोकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पानीको सतह १५ फिटमा झरेको बताइएको छ ।

पाकिस्तानमा चेनाबको पानीको सतह २२ फिट थियो, जुन पछिल्लो २४ घण्टामा ७ फिटले घटेको छ । भारतले पानी रोक्दा पञ्जाबका २४ महत्वपूर्ण शहरका ३ करोडभन्दा बढी मानिसहरूले ४ दिनपछि पिउने पानीको लागि समस्या हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आइतबार बिहानदेखि पानीको प्रवाह सामान्यभन्दा लगभग ९० प्रतिशतले घटेको पाकिस्तानको इन्डस (सिन्धु) रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले जानकारी दिए ।

पाकिस्तानका फैसलाबाद र हाफिजाबादजस्ता घना बसोबास भएका शहरहरूको ८० प्रतिशत जनसङ्ख्या पिउने पानीको लागि चेनाबको सतहको पानीमा निर्भर छन् ।

सिन्धु जल प्राधिकरणले भारतको यो कदमले बालीका लागि पानीमा २१ प्रतिशत कमी आउने चिन्ता व्यक्त गरेको थियो । यता, पाकिस्तानी संसद्‌ले यसलाई युद्ध छेड्ने कार्यको रूपमा वर्णन गरेको छ ।

पहलगाम क्षेत्रमा आतङ्कवादी समूहले एक नेपालीसहित २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ ।

पहलगाम आतङ्कवादी हमलापछि भारतले सिन्धु जल सन्धिलाई स्थगित गरेको छ । १९ सेप्टेम्बर १९६० मा भारत र पाकिस्तानबीच ६ नदीको पानी बाँडफाँड गर्न सिन्धु जल सन्धिमा हस्ताक्षर भएको थियो ।

सम्झौताअन्तर्गत भारतलाई तीन पूर्वी नदीहरू (रावी, ब्यास र सतलज) मा अधिकार प्राप्त भयो, जबकि पाकिस्तानलाई तीन पश्चिमी नदीहरू (सिन्धु, झेलम र चेनाब) प्रयोग गर्न अनुमति दिइयो ।

पाकिस्तानको ८० प्रतिशत कृषि सिन्धु, झेलम र चेनाब नदीको पानीमा निर्भर छ । अब भारतले यी नदीहरूको पानी रोकेपछि पाकिस्तानमा पानीको सङ्कट गहिरिँदै जानेछ । त्यहाँको आर्थिक अवस्था बिग्रनेछ ।

यसबाहेक, पाकिस्तानले धेरै बाँध र जलविद्युत् परियोजनाहरूबाट बिजुली उत्पादन गर्छ । पानीको अभावले विद्युत् उत्पादनमा गिरावट आउन सक्छ, जसले आर्थिक र औद्योगिक गतिविधिहरूमा असर पार्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register