अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

काठमाडौं । अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब अमेरिकी डलरको हतियार सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाले यो सम्झौतालाई ’इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता’ भनेको छ । यो जानकारी ह्वाइट हाउसले जारी गरेको तथ्यपत्रमा दिइएको छ । ह्वाइट हाउसले साउदी अरेबियाले अमेरिकामा ६०० अर्ब डलर ‘लगानी गर्न प्रतिबद्ध’ रहेको बताएको छ । रक्षा बिक्री […]

May 14, 2025 - 01:44
 0
अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता

काठमाडौं । अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब अमेरिकी डलरको हतियार सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकाले यो सम्झौतालाई ’इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौता’ भनेको छ ।

यो जानकारी ह्वाइट हाउसले जारी गरेको तथ्यपत्रमा दिइएको छ ।

ह्वाइट हाउसले साउदी अरेबियाले अमेरिकामा ६०० अर्ब डलर ‘लगानी गर्न प्रतिबद्ध’ रहेको बताएको छ ।

रक्षा बिक्री सम्झौताका बारेमा ह्वाइट हाउसले भनेको छ, ‘अमेरिका र साउदीले इतिहासको सबैभन्दा ठूलो रक्षा बिक्री सम्झौतामा हस्ताक्षर गरे । यो लगभग ४१४२ बिलियनको हो । जसअन्तर्गत साउदीलाई एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्मबाट अत्याधुनिक युद्ध उपकरण र सेवा प्रदान गरिने छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साउदी आइपुगेका छन् । यहाँ उनले युवराज मोहम्मद बिन सलमानलाई भेटेका छन् ।

ट्रम्प यतिबेला साउदीसँगै कतार र यूएईको चार दिने भ्रमणमा छन् । यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमण हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register