श्रीमान्-श्रीमतीबीचको झगडा कम गर्न ‘ढुकुर जोडी’ प्रतियोगिता

काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकाले श्रीमान् र श्रीमतीबीचको झगडा कम गर्न भनेर अनौठो पहल थालेको छ । नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । श्रीमान्–श्रीमतीको सम्बन्धलाई बलियो बनाउने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको नगरपालिकाले बताएको छ । न्यायिक समितिमा श्रीमान् र श्रीमतीको झगडाका विषय अत्यधिक आएको भन्दै नगरपालिकाको ढुकुर जोडी प्रतियोगिता […]

May 21, 2025 - 09:08
 0
श्रीमान्-श्रीमतीबीचको झगडा कम गर्न ‘ढुकुर जोडी’ प्रतियोगिता

काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकाले श्रीमान् र श्रीमतीबीचको झगडा कम गर्न भनेर अनौठो पहल थालेको छ । नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।

श्रीमान्–श्रीमतीको सम्बन्धलाई बलियो बनाउने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको नगरपालिकाले बताएको छ ।

न्यायिक समितिमा श्रीमान् र श्रीमतीको झगडाका विषय अत्यधिक आएको भन्दै नगरपालिकाको ढुकुर जोडी प्रतियोगिता गराउन लागेको हो ।  ढुकुर जोडी प्रतियोगितमा भाग लिन वडा कार्यलयमा निवेदन दिन पनि नगरपालिको आग्रह गरेको छ ।

प्रतियोगितमा भाग लिन १२ वटा सर्त राखिएको छ ।

विवाह गरेको कम्तीमा दश वर्ष पुगेको हुनुपर्ने, श्रीमान् श्रीमती दुवै जना नेपाली नागरिक हुनुपर्ने,  विवाह दर्ता गरेको हुनुपर्ने र संयुक्त परिवारमा (बुवा वा आमा/ सासु वा ससुरासँग) बसेको हुनुपर्ने सर्त राखिएका छन् ।

यस्तै बुवाआमा र सासुससुराको राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने  पनि सर्त छ । श्रीमान् श्रीमतीको झगडा लिएर अदालत, प्रहरी चौकी, न्यायिक समिति वा समाजमामा नपुगेको र वैदेशिक रोजगारमा २ वर्षभन्दा बढी नबसेको हुनुपर्ने सर्त राखिएको छ ।

नगरपालिकाले निकालेको सूचना
नगरपालिकाले निकालेको सूचना

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register