रुकुम पूर्वको भूमे गाउँमा प्रचण्ड

रुकुम पूर्व । नेकपार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली रुकुम पूर्व पुगेको छ । सो टोलीले बिहीबार भूमे गाउँपालिकाको अवलोकन गरेको छ । अभियान टोलीले पालिकाले गरेका असल अभ्यास र विकास गतिविधिसम्बन्धी जानकारी लिएको छ । टोलीको स्वागत भूमे गाउँपालिका अध्यक्ष होम बहादुर श्रेष्ठ, उपाध्यक्ष सबिना बुढा, अन्य स्थानीय […]

May 22, 2025 - 07:17
 0
रुकुम पूर्वको भूमे गाउँमा प्रचण्ड

रुकुम पूर्व । नेकपार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली रुकुम पूर्व पुगेको छ । सो टोलीले बिहीबार भूमे गाउँपालिकाको अवलोकन गरेको छ ।

अभियान टोलीले पालिकाले गरेका असल अभ्यास र विकास गतिविधिसम्बन्धी जानकारी लिएको छ । टोलीको स्वागत भूमे गाउँपालिका अध्यक्ष होम बहादुर श्रेष्ठ, उपाध्यक्ष सबिना बुढा, अन्य स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूले गरेका थिए ।

स्वागतपछि पालिका अध्यक्ष श्रेष्ठले अभियान टोलीलाई भूमे गाउँपालिकाले गरेका प्रयास, उपलब्धि तथा असल अभ्यासबारे जानकारी गराउनुका साथै पालिका तथा कर्मचारीहरूका तर्फबाट विभिन्न मागहरूसमेत प्रस्तुत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register