सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौँ । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ १४ गतेदेखि संस्थापक सेयरधनी खेमराज लामिछानेको नाममा रहेको ३ लाख ३९ हजार ४ सय ८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका अन्य संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । आवेदन आगामी ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय […]

May 28, 2025 - 09:01
 0
सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौँ । सानिमा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ १४ गतेदेखि संस्थापक सेयरधनी खेमराज लामिछानेको नाममा रहेको ३ लाख ३९ हजार ४ सय ८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका अन्य संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । आवेदन आगामी ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सो सेयरको न्यूनतम भाउ प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकको सूचनामा उल्लेख गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register