आलमलाई सफाइ दिने न्यायाधीशद्वयलाई नारायणकाजीले भने – कलंक

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस नेता पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई ज्यान मुद्दामा सफाइ दिने न्यायाधीशहरूको चर्को आलोचना गरेका छन् । व्यक्तिलाई इँटाभट्टामा जिउँदै हाली पोलेर हत्या गरेको आरोपमा दोषी ठहर गर्ने जिल्ला अदालत रौतहटको आदेश उल्ट्याउँदै उच्च अदालत जनकपुरधाम वीरगञ्ज अस्थायी इजलासले आलमलाई बुधबार सफाइ दिएको थियो । न्यायाधीशद्वय डा. […]

May 29, 2025 - 11:08
 0
आलमलाई सफाइ दिने न्यायाधीशद्वयलाई नारायणकाजीले भने – कलंक

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस नेता पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई ज्यान मुद्दामा सफाइ दिने न्यायाधीशहरूको चर्को आलोचना गरेका छन् ।

व्यक्तिलाई इँटाभट्टामा जिउँदै हाली पोलेर हत्या गरेको आरोपमा दोषी ठहर गर्ने जिल्ला अदालत रौतहटको आदेश उल्ट्याउँदै उच्च अदालत जनकपुरधाम वीरगञ्ज अस्थायी इजलासले आलमलाई बुधबार सफाइ दिएको थियो । न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले सफाइ दिएको हो ।

उक्त न्यायाधीशद्वयप्रति श्रेष्ठले गम्भीर टिप्पणी गरेका हुन् । उनले ‘कलंक’समेत भन्न भ्याएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ ।”

त्यसअघि श्रेष्ठले थप लेखेका छन्, “कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर’ न्यायाधीश हरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा ‘निर्दोष’ बन्दै हिड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्नेछ ? यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारवाही , रुपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register