जेष्ठ नागरिक, दलित, अल्पसंख्यक र अपाङ्गता भएकाको बीमा सुविधालाई निरन्तरता दिइने
काठमाडौं । सरकारले जेष्ठ नागरिक, दलित, अल्पसंख्यक र अपाङ्गता भएकाको बीमा सुविधालाई निरन्तरता दिने भएकाे छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८२–८३ को बजेट संसद्मा प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् । ‘हालसम्म बाँकी रहेको भुक्तानी दाबी तेस्रो पक्षबाट परिक्षण गराइ यसै आर्थिक वर्षमा भुक्तानी हुने व्यवस्था मिलाउने छु,’ अर्थमन्त्री पौडेलले भने । […]

काठमाडौं । सरकारले जेष्ठ नागरिक, दलित, अल्पसंख्यक र अपाङ्गता भएकाको बीमा सुविधालाई निरन्तरता दिने भएकाे छ ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८२–८३ को बजेट संसद्मा प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।
‘हालसम्म बाँकी रहेको भुक्तानी दाबी तेस्रो पक्षबाट परिक्षण गराइ यसै आर्थिक वर्षमा भुक्तानी हुने व्यवस्था मिलाउने छु,’ अर्थमन्त्री पौडेलले भने ।
यस्तै सरकारले निरोगी नेपाल अभियान सञ्चालन गर्ने भएको छ । आम नागरिकलाई निशुल्क, सस्तो, सर्वसुलभ र गुणस्तरिय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए ।
साथै सरकारले विशिष्टीकृत स्वास्थ्य क्षेत्रको विस्तार गर्न, दक्ष जनशक्ति, आधुनिक उपकरणका आधारमा लगानी विस्तार गर्ने भएको छ ।
यस्तै स्वास्थ्य बीमा कार्यक्रमको पुनसंरचना गर्ने, यससम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गर्ने नीति पनि सरकारले लिएको छ ।
यसैगरी बिमीतहरूको सुविधा थैली विस्तार गरिने लक्ष्य सरकारले लिएको छ ।
सामाजिक स्वास्थ्य सुरक्षा स्वास्थ्य बीमामा एकीकृत गरिने उनले बताए ।
बिमीतहरूलाई फरकफरक पोलिसी छनोटको सुविधा उपलब्ध गराइने पनि अर्थमन्त्री पौडेलले बताए ।
बीमा सुविधाको दुरुप्रयोग हुन नदिन दोहोरोपना हटाइने पनि सरको
स्वास्थ्य बीमा कार्यक्रमलाई १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
What's Your Reaction?






