‘१ करोडसम्म ऋण लिनेलाई बैंकहरुले दुःख दिए, बैंकर र व्यापारीबीच अब फरक छुट्याउनुपर्छ’- पूर्वअर्थमन्त्री कार्की 

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एक करोडसम्म ऋण लिने उद्यमीलाई बैंकले दुःख दिने गरेको बताएका छन् । अर्थ समितिको बैठकमा भएको बाफियामाथिको छलफलका क्रममा कार्कीले यस्तो बताएका हुन् ।  उनले बैंकबाट एक करोडसम्म ऋण लिएर उद्यम गर्छु भन्नेहरुलाई बैंकहरुले विभिन्न बाहनामा दुःख दिने गरेको भन्दै त्यसतर्फ ध्यान दिन राष्ट्र बैंकलाई आग्रह […]

Jun 2, 2025 - 10:20
 0
‘१ करोडसम्म ऋण लिनेलाई बैंकहरुले दुःख दिए, बैंकर र व्यापारीबीच अब फरक छुट्याउनुपर्छ’- पूर्वअर्थमन्त्री कार्की 

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले एक करोडसम्म ऋण लिने उद्यमीलाई बैंकले दुःख दिने गरेको बताएका छन् । अर्थ समितिको बैठकमा भएको बाफियामाथिको छलफलका क्रममा कार्कीले यस्तो बताएका हुन् । 

उनले बैंकबाट एक करोडसम्म ऋण लिएर उद्यम गर्छु भन्नेहरुलाई बैंकहरुले विभिन्न बाहनामा दुःख दिने गरेको भन्दै त्यसतर्फ ध्यान दिन राष्ट्र बैंकलाई आग्रह गरेका छन् । 

साना, मझौला उद्योगहरु चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान नसक्ने भन्दै कार्कीले साना, मझौला उद्योगहरुलाई सहज रुपमा ऋण लिने वातावरण बनाउनुपर्नेमा पनि जोड दिएका छन् । 

‘१ करोडसम्म ऋण लिने उद्यमीले अहिलेपनि सहजै ऋण लिन पाइरहेका छैनन् । राष्ट्र बैंक गम्भीर होस् ।’, उनले भने, ‘उत्साहका साथ ऋण लिन सक्ने, सस्तो ब्याजमा र समयमै ऋण फिर्ता गर्ने अवस्था सिर्जना गर्नुपर्छ ।’

त्यस्तै, उनले बाफियामा सुधारका आवश्यकता रहेको भन्दै जनता लाभान्वित हुनेगरि विधेयक छिटो पास गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन् । साथै उनले बैंकरव्यापारीबीच फरकबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अघि बढ्नुपर्ने बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register