भारत सेमिफाइनल नजिक, पाकिस्तान पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स लिग क्रिकेटमा सानदार प्रदर्शन गर्दै भारत सेमिफाइनल नजिक पुग्दा उसको चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान भने पहिलो चरणबाटै बाहिरिने सम्भवना प्रबल बनेको छ । आइतबार राति भारतले पाकिस्तानलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो । यो समूह ‘ए’मा भारत […]

Feb 24, 2025 - 00:30
 0
भारत सेमिफाइनल नजिक, पाकिस्तान पहिलो चरणबाटै बाहिरिने सम्भावना प्रबल

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स लिग क्रिकेटमा सानदार प्रदर्शन गर्दै भारत सेमिफाइनल नजिक पुग्दा उसको चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान भने पहिलो चरणबाटै बाहिरिने सम्भवना प्रबल बनेको छ ।

आइतबार राति भारतले पाकिस्तानलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो ।

यो समूह ‘ए’मा भारत ४ अङ्कसहित शीर्ष स्थानमा छ । न्युजिल्यान्ड २ अङ्कसहित दोस्रो तथा अङ्कविहीन रहेका बङ्गलादेश र पाकिस्तान क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

एउटा समूहबाट २ टोलीमात्रै सेमिफाइनलमा जानेछन् । यसर्थ २ खेलमा शतप्रतिशत जित निकालेपछि भारत सेमिफाइनलमा जाने लगभग निश्चित भएको छ । यद्यपि गणितीय कारणले मात्र भारत औपचारिक रुपमा अन्तिम ४ मा पुगेको छैन ।

अन्तिम खेलमा न्युजल्यान्डलाई हराएमा उ शतप्रतिशत नतिजासहित समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । पराजित भएका अन्य खेलको नतिजाका आधारमा छिनोफानो हुने ।

यता आयोजक पाकिस्तान भने प्रतियोगितामा खराब प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा न्युजिल्यान्डसँग ६० रनले पराजित भएको पाकिस्तान दोस्रो खेलमा भारतसँग हारेको हो । अब पाकिस्तानले फेब्रअरी २७ मा बङ्गलादेशविरुद्ध खेल्नेछ ।

यद्यपि यसअघि आज (सोमबार) हुने खेलमा न्युजिल्यान्डले बङ्गलादेशलाई हराएमा पाकिस्तान पहिलो चरणबाटै बाहिरिने निश्चत छ । न्युजिल्यान्डले बङ्गलादेशलाई हराएमा पाकिस्तान प्रतियोगितामा जीवितै रहने छ । यसपछि उनले बङ्गलादेशलाई अनिवार्य हराउनु पर्नेछ । तर फेरि न्युजिल्यान्डले भारतलाई हराएको खण्डमा भने पाकिस्तान पहिलो चरणबाटै बाहिरिने निश्चत हुनेछ ।

च्याम्पियन्स ट्रफी : कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register