अभद्र कमेन्टकर्ताविरुद्ध एलिना र समीक्षाको ‘एक्सपोज’ अभियान

काठमाडौं । पछिल्ला दिनहरुमा गायिकाहरू एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् । उनीहरूले सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्ने व्यक्तिहरूका स्क्रिनसटहरू नाम, प्रोफाइल तस्वीरसहित आफ्नै सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् । उनीहरू भन्छन् — “अभद्र टिप्पणी किन सहने ?” एलिनाले इन्स्टाग्राम स्टोरीमा एक […]

Jun 27, 2025 - 07:19
 0
अभद्र कमेन्टकर्ताविरुद्ध एलिना र समीक्षाको ‘एक्सपोज’ अभियान

काठमाडौं । पछिल्ला दिनहरुमा गायिकाहरू एलिना चौहान र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल नै सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् ।

उनीहरूले सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्ने व्यक्तिहरूका स्क्रिनसटहरू नाम, प्रोफाइल तस्वीरसहित आफ्नै सामाजिक सञ्जालमा पोष्ट गर्न थालेका छन् । उनीहरू भन्छन् — “अभद्र टिप्पणी किन सहने ?”

एलिनाले इन्स्टाग्राम स्टोरीमा एक स्क्रिनसट राख्दै लेखेकी छन्, “यिनले सार्वजनिक रूपमा यस्तो लेख्न पाउँछन् भने, मैले किन सार्वजनिक रूपमा देखाउन नपाउने?”

त्यस्तै, समीक्षाले फेसबुकमा लेखेकी छन्, “सामाजिक सञ्जाल अब सुरक्षित महसुस हुने ठाउँ रहेन । चुप लागेर बसिरहँदा यस्ता मानिसहरूको हिम्मत झन् बढ्दै गइरहेको छ ।”

एलिनाले एउटा भिडिओमा भनेकी छन्, “हामी पब्लिक फिगर हौं भनेर गाली खानुपर्ने हो ? आलोचना र अपमान फरक कुरा हुन् । हामी आलोचना सहन तयार छौं, तर गाली होइन ।”

असहिष्णु र अभद्र व्यवहार गर्नेहरूलाई सञ्जालबाटै खुलेआम सार्वजनिक गरिदिएपछि कतिपय प्रयोगकर्ताले चौहान र अधिकारीसँग माफीसमेत मागेका छन् । आफूले सार्वजनिक गरेपछि माफी मागेको समेत उनीहरूले सामाजिक सञ्जालबाटै जानकारी गराएका छन् ।

यसअघि अभिनेत्री ऋचा शर्माले समेत आफूमाथि अभद्र गाली गरिएको भन्दै स्क्रिनसट सहित सामाजिक सञ्जालमा एक पोस्ट गरेकी थिइन् । टिकटकर तथा मोडल प्रिन्सी–प्रिज्मा खतिवडाले पनि आफूविरुद्ध आएको अमर्यादित कमेन्ट गर्नेको फेसबुक आईडी सेयर गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register