दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला

Sep 4, 2025 - 13:35
 0
दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला

अछाम, १९ भदौ । अछामको तुर्माखाँद गाउँपालिका वडा नं ६ रानीवनस्थित चाका भिट्टामा दुई जना किशोरी आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार रानीवनकै सर्पे कामीकी १५ वर्षीया छोरी साउनी वि।क। र सोही ठाउँकै कमल वि।क।की १२ वर्षीया छोरी प्रेमकला बि।क। को शव बिहीबार बिहान स्थानीय जङ्गलमा झुन्डिएको अवस्थामा भेटिएको हो।

परिवारका सदस्यहरूले दुवै किशोरीलाई बुधवार रातिदेखि सम्पर्कविहीन भएको बताउँदै खोजी कार्य थालेका थिए। खोजी क्रममा आज बिहान उनीहरूको शव जङ्गलमा भेटिएको हो।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी चौकीको टोली घटनास्थल पुगेको थियो। घटनास्थलको प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले आत्महत्या भएको अनुमान गरे पनि यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ। दुवै किशोरीले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनाले स्थानीय बासिन्दा स्तब्ध बनेका छन्।

The post दुई किशोरी आत्महत्या गरेको अवस्थामा फेला appeared first on Jhapa Online.

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register