आज भारी वर्षादेखि हावाहुरीको समेत सम्भावना

Sep 4, 2025 - 03:57
 0
आज भारी वर्षादेखि हावाहुरीको समेत सम्भावना

झापा, १९ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा तथा तराईका केही ठाउँमा हुरीको समेत सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना छ ।

अज राति कोसी प्रदेश, मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

The post आज भारी वर्षादेखि हावाहुरीको समेत सम्भावना appeared first on Jhapa Online.

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register