प्रहरी मात्र होइन,नागरिक स्वयंले पनि सुशासन र सुरक्षामा सहकार्य गर्नुपर्छ- डिएसपी धमला 

Sep 4, 2025 - 16:58
 0
प्रहरी मात्र होइन,नागरिक स्वयंले पनि सुशासन र सुरक्षामा सहकार्य गर्नुपर्छ- डिएसपी धमला 

बझाङ। 

हेडक्वाटरबाट सरूवा भएर बझाङ आएका डिएसपी खगेन्द्र धमला बझाङबासीसंग नजिक भई  ब्रदी नलगाएको प्रहरी जनता आफै हो भन्ने सन्देश दिई रहेका छन् । भौगोलिक रूपमा दुर्गम रहेकाे बझाङ जिल्लाकाे भु-भाग सबै ठाउँमा प्रहरी पनि नपुग्न सक्ने भएकाले स्थानीयबासिन्दा पनि समाजमा सुशासन ल्याउन सक्रिय हुनु पर्ने बताएका छन् । नागरिकले “प्रहरी हाम्रो समाजकै लागि हो भन्ने धारणा राखेर हामीलाई सहि सूचना समयमै दियाे भने झन प्रभावकारी रहन्छ”  बझाङ प्रहरी प्रमुख खगेन्द्र धमलाले जिल्लामा सुशासन र सुरक्षालाई सुदृढ बनाउन प्रहरीको मुख्य ध्यान केन्द्रित रहेको बताएका छन्। जिल्लावासीसँग भेटघाटका क्रममा उनले भने, “जनताको सुरक्षा, शान्ति–व्यवस्था कायम र सुशासन प्रवर्द्धन गर्नु नै हाम्रो प्रमुख जिम्मेवारी हो।”

उनका अनुसार प्रहरी संगठनले सधैं नागरिकसँग नजिक रहेर समस्या समाधान गर्ने, अपराध नियन्त्रण गर्ने र आपत्कालीन परिस्थितिमा तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउनेतर्फ प्राथमिकता दिनेछ। धमलाले प्रहरीलाई जनमैत्री बनाउँदै विश्वसनीय संस्था बनाउन आफु प्रतिबद्ध रहि बझाङमा कार्य गरिरहेकाे स्पष्ट पारे। अवैध गतिविधि नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, सामाजिक अपराध नियन्त्रण र स्थानीय स्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएका छन् ।

प्रहरी प्रमुख धमलाले जिल्लाबासीलाई सन्देश दिँदै भने, “प्रहरी मात्र होइन, नागरिक स्वयंले पनि सुशासन र सुरक्षामा सहकार्य गर्नुपर्छ। जनताको सक्रिय सहभागिता बिना शान्ति सम्भव हुँदैन।”

उनले युवा, विद्यार्थी, महिला समूह र सामुदायिक संस्थासँग सहकार्य गर्दै अपराधविरुद्धको अभियानलाई प्रभावकारी बनाइने बताएका छन् । बझाङ जिल्लामा प्रहरी प्रमुख भएर आईसके पछि जिल्लामा मातहतका सम्पूर्ण सुरक्षाकर्मीलाई जनताको शान्ति सुरक्षा र अपनत्ताे बाेध हुने गरी कार्य गर्न विभिन्न मिटिङ्ग र छलफलमा निर्देश दिइरहेका छन् ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register