रुकुम पश्चिममा जीप दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु, आठ घाइते

May 25, 2023 - 04:31
 0
रुकुम पश्चिममा जीप दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु, आठ घाइते
रुकुम पश्चिममा जीप दुर्घटना : चार जनाको घटनास्थलमै मृत्यु, आठ घाइते

काठमाडौं। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीमा जिप दुर्घटना भएको छ ।आज बिहान भएको जिप दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्  ।

सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो ।

सो दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको छ । 

दुर्घटनामा परेर अन्य आठ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ । 

दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.