कमलामाई नगरसभा सदस्य माझीको निधन, नगरपालिका सार्वजनिक विदा

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाले आज शोक बिदा दिएको छ । कमलामाई नगरपालिकाका नगरसभा सदस्य वडा नम्बर १ कुण्ड निवासी केशव बहादुर माझीको निधनमा शोक विदा दिएको हो । नगरसभा सदस्य माझीको आज विहान निधन भएको हो । स्वर्गीय माझीको निधनमा शोक मनाउन नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको आदेश अनुसार आज एक दिन कमलामाई नगरपालिका […]

Feb 16, 2025 - 03:53
 0
कमलामाई नगरसभा सदस्य माझीको निधन, नगरपालिका सार्वजनिक विदा

सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिकाले आज शोक बिदा दिएको छ ।

कमलामाई नगरपालिकाका नगरसभा सदस्य वडा नम्बर १ कुण्ड निवासी केशव बहादुर माझीको निधनमा शोक विदा दिएको हो । नगरसभा सदस्य माझीको आज विहान निधन भएको हो ।

स्वर्गीय माझीको निधनमा शोक मनाउन नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको आदेश अनुसार आज एक दिन कमलामाई नगरपालिका तथा मातहतका कार्यालयहरू एवं शैक्षिक संस्थाहरू सबै बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकालले सुचना जारी गरि जानकारी गर्नुभएको छ ।

नगरपालिकाले समवेदना प्रकट गरि स्वार्गीय माझीको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा शोकलाई समन गर्न सक्ने शक्ति मिलोस भन्ने प्रार्थना समेत गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register