कर्मचारी संचय कोष ठमेलमा निशुल्क स्वास्थ्य शिबिर । 

Aug 23, 2024 - 12:31
Aug 24, 2024 - 04:38
 0
कर्मचारी संचय कोष ठमेलमा निशुल्क स्वास्थ्य शिबिर । 


भाद्र ७, काठमाडौं । कर्मचारी संचय कोष ठमेलमा निशुल्क स्वास्थ्य शिबिरका आयोजना गरिएको छ । संचय कोषका पुर्व कर्मचारी मन्चको आयोजनामा सम्पन्न सो शिबिरमा  कोषका पुर्व कर्मचारी र उनका परिवार र बर्तमान कर्मचारी सहित करिब दुइ सय नब्बे  जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको कोषका पुर्व कर्मचारी मन्चका उपाध्यक्ष धर्म खनालले जानकारी दिनु भएको छ । 


विहान दश बजे देखि सांझ पाँच  बजेसम्म संचालित सो शिबिरको उदघाटन नेपाली काँग्रेसका सांसद तथा काठमाडौं मेडिकल कलेजक सिनामंगल, काठमाडौंका अध्यक्ष सुनिल शर्माले गर्नु भएको थियो । कर्मचारी संचय कोष पुर्व कर्मचारी मन्च आयोजक रहेको सो स्वास्थ्य शिबिरलाई काठमाडौं मेडिकेल कलेज , सिनामंगल , काठमाडौंले सहकार्य गरेको थियो । 


सो शिबिरमा जनरल मेडिसिन, हाडजोर्नी। नाक , कान,घाँट, इसिजी, अल्ट्रासाउण्ड, स्त्रीरोग, आँखा रोग, मृगौला, दन्त रोग , ल्याब परीक्ष आदि सेवा निःशुल्क रुपमा गरिएको थियो । 


कर्मचारी संचय कोषको ६३ औं वार्षिक उत्सवको अवसरमा आयोजित सो शिबिरमा संचय कोषका पुर्व तथा बर्तमान कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

सो स्वास्थ्य शिबिरमा कर्मचारी संचय कोषका प्रशासक जितेन्द्र धितालको पनि उपस्थिति रहेको थियो भने कार्यक्रम पूर्व कर्मचारी मन्चका अध्यक्ष केदार गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
वि.सं. २०१७ सालमा अर्थ मन्त्रालय अन्तर्गत कर्मचारी संचय कोष विभाग स्थापना भएको थियो   भने २०१९ सालमा कर्मचारी संचय कोष ऐन अन्तर्गत यसको विधिवत स्थापना गरिएको थियो । 
कर्मचारी संचय कोषले आफनो संस्थामा आबद्ध हुने कोष कर्ताहरुलाई विभिन्न सुविधा प्रदान गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register