पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

काठमाडौं। नेपाल पौडी सङ्घको आयोजनामा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले तालिमको उद्घाटन गरेका हुन् । आगामी वर्षदेखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुन नदिने अध्यक्ष श्रेष्ठले बताए । तालिममा २५ जना प्रशिक्षार्थी सहभागी रहेको सङ्घले जनाएको छ । तालिम भाद्र १५ गतेसम्म […]

Aug 27, 2024 - 06:19
 0
पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

काठमाडौं। नेपाल पौडी सङ्घको आयोजनामा आधारभूत पौडी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।

ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले तालिमको उद्घाटन गरेका हुन् ।

आगामी वर्षदेखि नेपालमा पौडी प्रशिक्षकको अभाव हुन नदिने अध्यक्ष श्रेष्ठले बताए । तालिममा २५ जना प्रशिक्षार्थी सहभागी रहेको सङ्घले जनाएको छ ।

तालिम भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ । पौडी प्रशिक्षकको अभावमा पौडी प्रशिक्षणमा देखिएको असहजतालाई मध्यनजर गर्दै यो वर्ष सङ्घले पाँच प्रदेशसहित केन्द्रमा तालिम सञ्चालन गरेको हो।

कोशी, कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशमा आगामी भाद्र अन्तिमदेखि तालिम सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिइसकेको सङ्घका प्रवक्ता उमेश प्रधानले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register