विभेदविरुद्ध दलितका लागि दलित अभियानको प्रदर्शन

काठमाडौं । विभेदविरुद्ध दलितका लागि दलित अभियानले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका अभियानमा अबद्ध युवाले बिहीबार बृहत् प्रदर्शन निकालेका हुन् । स‌विधान दिवसकाे दिन काठमाडौंकाे माइतीघरमा भेला भएका युवाहरूले नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गरेकाे छन् । ४४ दिनदेखि दलितलाई खोई उल्लिखित प्लाकार्ड […]

Sep 19, 2024 - 12:47
 0
विभेदविरुद्ध दलितका लागि दलित अभियानको प्रदर्शन

काठमाडौं ।

विभेदविरुद्ध दलितका लागि दलित अभियानले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।

सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका अभियानमा अबद्ध युवाले बिहीबार बृहत् प्रदर्शन निकालेका हुन् ।

स‌विधान दिवसकाे दिन काठमाडौंकाे माइतीघरमा भेला भएका युवाहरूले नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गरेकाे छन् ।

४४ दिनदेखि दलितलाई खोई उल्लिखित प्लाकार्ड बोकेर माइतीघरमा धर्ना दिँदै आएका खगेन्द्र सुनारको आह्वानमा युवाहरू बिहीबार काठमाडौंमा भेला भएका हुन् ।

उनले असोज ३ दलितका लागि एक दिन अभियान घोषणा गरेका हुन् । आजको प्रदर्शनमा खगेन्द्रबाहेकका अन्य युवाहरू पनि नेल लगाएर उपस्थित भएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register