नेपाल समाचारपत्रकर्मी तिमल्सिनासहित विभिन्न विद्याका उत्कृष्ट १२ युवा सम्मानित

बनेपा।  संविधान दिवसको अवसर पारी राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलान्चोकले नेपाल समाचारपत्रकर्मी मोतीराम तिमल्सिनासहित विभिन्न विधाका उत्कृष्ट १२ युवालाई सम्मान गरेको छ । सम्मानित युवाहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटा लगायतका नेताहरुले सम्मान गरेका थिए ।  सम्मानित हुने युवाहरुमा खेलकुद विद्याबाट भुम्लु गाउँपालिका १० का प्रिजन तामाङ, स्वास्थ्य […]

Sep 19, 2024 - 16:06
 0
नेपाल समाचारपत्रकर्मी तिमल्सिनासहित विभिन्न विद्याका उत्कृष्ट १२ युवा सम्मानित

बनेपा। 

संविधान दिवसको अवसर पारी राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलान्चोकले नेपाल समाचारपत्रकर्मी मोतीराम तिमल्सिनासहित विभिन्न विधाका उत्कृष्ट १२ युवालाई सम्मान गरेको छ । सम्मानित युवाहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटा लगायतका नेताहरुले सम्मान गरेका थिए । 

सम्मानित हुने युवाहरुमा खेलकुद विद्याबाट भुम्लु गाउँपालिका १० का प्रिजन तामाङ, स्वास्थ्य विद्याबाट बनेपा १० का डा. अशोक थापा, शिक्षा क्षेत्रबाट मण्डन देउपुर नगरपालिकाका निरन्जन सापकोटा, कृषि उद्यमी तथा पशुपंक्षी क्षेत्रबाट भुम्लु २ का प्रविन महत, वन तथा वातावरणबाट धुलिखेल २ का ईश्वर बञ्जारा, पत्रकारिताबाट बेथान्चोक ३ का मोतीराम तिमल्सिना, निजामती कर्मचारीको क्षेत्रबाट रोशी मंगलटारकी प्रेरणा क्याप्छ्याकी मगर, बैक तथा वित्तिय क्षेत्रबाट पाँचखालका संगम अधिकारी, विशिष्ठ क्षमता भएकाहरुबाट महेश्वर थापा, कला, साहित्य विद्याबाट कमलाकुमारी जोशी, युवा उद्यमीबाट नमोबुद्धका श्रीकृष्ण धिताल र विज्ञान तथा प्रविधी क्षेत्रबाट पनौती १ रयालेका सुरेश सापकोटा रहेका छन् । 

नेपाल समाचारपत्रकर्मी तिमल्सिना नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष समेत हुन् । तिमल्सिना पत्रकारिता विद्याबाट उत्कृष्ट युवाका रुपमा सम्मानित भएका हुन् । यस अघि तिमल्सिना विभिन्न विद्याबाट सम्मानित भई सकेका छन् । राष्ट्रिय युवा संघ काभ्रेका अध्यक्ष इश्वरबल्लभ सापकोटाका अनुसार डिजिटल माध्यबाट खुल्ला रुपमा १२ वटा विद्यामा युवाहरुलाई आफ्नो पेसा तथा व्यवसायका बारेमा संक्षिप्तमा विवरण सहित फाराम भर्न आव्हान गरिएको थियो । सोही आधारमा सहभागी भएका ६५ युवाहरु मध्ये उत्कृष्ट १२ युवाहरुलाई स्वतन्त्र रुपमा छनौट गरिएको थियो । बरिष्ठ अधिवक्ता केदार कोईरालाको संयोजकत्वमा गठित समितिले उत्कृष्टताका आधारमा युवाहरुको छनौट गरेको थियो । सम्मानित हुनेहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री तथा सांसद गोकुल बास्कोटा, नेकपा एमाले काभ्रेका निवर्तमान अध्यक्ष एवं बागमती प्रदेश कमिटी सदस्य तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, काभ्रे जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, बरिष्ठ अधिवक्ता केदार कोइराला, राष्ट्रिय युवा संघका अध्यक्ष इश्वरबल्लभ सापकोटा लगायतले सम्मान गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले संविधान कुनै धर्म ग्रन्थ नभएर परिवर्तनशिल र गतिशिल राजनीतिक दस्तावेज भएकाले आवश्यकता अनुसार संशोधन गर्दै जानु पर्ने बताए । राजनीतिक परिवर्तन भए पनि अस्थिरता कायम भएकाले प्रणालीगत सुधारका लागि संविधान संशोधनको विकल्प नभएको बताए ।

 नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शुरु गरेका केही गतिशिल कार्यहरुले मुलुक समृद्धी तर्फ अघि बढे पनि पर्याप्त कार्य अझै हुन नसकेको नेता बास्कोटाले बताए । सहभागी वक्ताहरुले संविधानले मुलुकमा राजनीतिक परिवर्तन भए पनि दक्ष जनशक्ति उत्पादनमा राज्यका नीतिहरु अझै प्रभावकारी हुन नसकेको बताए । युवाहरुलाई सक्षम बनाउन, गतिशिल र क्षमतावान बनाउन सबै क्षेत्रले पहलकदमी लिनु पर्नेमा सहभागिहरुले जोड दिए । अध्यक्ष इश्वरबल्लभ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सिवी लामाले संचालन गरेका थिए । 

कार्यक्रममा प्रदेश कमिटी, जिल्ला कमिटी, भातृ संगठन तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register