इन्फा यूके अवार्डका लागि बेलायत आएका धेरैजसो कलाकार फर्किए

लन्डन । लन्डनमा आयोजित यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा यूके २०२४) का लागि बेलायत आएका धेरैजसो कलाकारहरु नेपाल फर्किएका छन् । कार्यक्रम संयोजक उमेशराज मोक्तानका अनुसार कलाकारहरु भुवन केसी, अनमोल केसी, जिया केसी, केकी अधिकारी, गरिमा शर्मा, गौरी मल्ल, मोहन घमाल लगायत फर्किसकेका छन् भने भोलि बिहीबार मलिना जोशी, शिल्पा मास्के, सुनिल श्रेष्ठ, मनोज […]

Sep 18, 2024 - 18:59
 0
इन्फा यूके अवार्डका लागि बेलायत आएका धेरैजसो कलाकार फर्किए

लन्डन । लन्डनमा आयोजित यती इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा यूके २०२४) का लागि बेलायत आएका धेरैजसो कलाकारहरु नेपाल फर्किएका छन् ।

कार्यक्रम संयोजक उमेशराज मोक्तानका अनुसार कलाकारहरु भुवन केसी, अनमोल केसी, जिया केसी, केकी अधिकारी, गरिमा शर्मा, गौरी मल्ल, मोहन घमाल लगायत फर्किसकेका छन् भने भोलि बिहीबार मलिना जोशी, शिल्पा मास्के, सुनिल श्रेष्ठ, मनोज केसी, प्रकाश शाह, नृत्य निर्देशक नारायण रिजाल आदि फर्कंदैछन् ।

बेलायतवासी मिरुना मगर, जसिता गुरुङ, डान्सर सुशान्त खत्री, गायक अर्जन पाण्डे, गायिका अमृता लिम्बु भने केही समय बेलायतमै बस्नेछन् ।

शनिबार लन्डन ग्रीनफोर्डस्थित टाउन हलमा आयोजित अवार्ड समारोह पूर्ण सफल रहेको आयोजक यती नेपाली एसोसिएसन यूकेले जनाएको छ ।

संयोजक मोक्तानले अवार्ड सफल भएको निष्कर्ष निकालिएको बताउंदै अर्को वर्ष अझ परिष्कृत गरिने जनाए ।

अवार्डका लागि सन् २०२३ मा बनेका कुल ५६ वटा नेपाली चलचित्रबाट उत्कृष्ट छानिएको थियो । वरिष्ठ कलाकारहरु सुनिल थापा, गौरी मल्ल र उज्जवल घिमिरेको एक जुरीले ति फिल्म २६ दिन लगाएर मूल्यांकन गरेको थियो ।

कुल २२ विद्यामा अवार्ड दिंदा अनमोल केसी र केकी अधिकारी उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भए भने अभिनेता भुवन केसी ५५ हजार रुपैयांसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित भएका थिए ।

अवार्ड समारोह सफल बनाउन संयोजक मोक्तान, यती अध्यक्ष पिपला देवान, महासचिव टंक भट्टराई, उपमहासचिव आशिषराज पन्त, स्पोर्टस् सेक्रेटरी राज पाण्डे लगायत निरन्तर खटिएका थिए ।

यो पनि पढौं- लन्डनमा यती इन्फा यूके अवार्डः अनमोल उत्कृष्ट अभिनेता, केकी अभिनेत्री

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register