इराकमा १५ आइएस लडाकूको मृत्यु

बग्दाद  ।  अमेरिका र इराकी सेनाको संयुक्त कारबाहीमा इराकको पश्चिमी मरुभूमिमा इस्लामिक स्टेट समूहका १५ लडाकू मारिएका छन् भने सात अमेरिकी सैनिक घाइते भएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले जनाएको छ । ‘सेन्टकम’का अनुसार इस्लामिक स्टेटका नेताहरूलाई लक्षित गरी स्थानीय समय अनुसार बिहीबार बिहान गरिएको उक्त आक्रमणमा १५ जना आइएस लडाकूको मृत्यु भएको थियो। आइएस लडाकू […]

Aug 31, 2024 - 14:32
 0
इराकमा १५ आइएस लडाकूको मृत्यु

बग्दाद  ।  अमेरिका र इराकी सेनाको संयुक्त कारबाहीमा इराकको पश्चिमी मरुभूमिमा इस्लामिक स्टेट समूहका १५ लडाकू मारिएका छन् भने सात अमेरिकी सैनिक घाइते भएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले जनाएको छ ।

‘सेन्टकम’का अनुसार इस्लामिक स्टेटका नेताहरूलाई लक्षित गरी स्थानीय समय अनुसार बिहीबार बिहान गरिएको उक्त आक्रमणमा १५ जना आइएस लडाकूको मृत्यु भएको थियो।

आइएस लडाकू ‘सयौँ हातहतियार, ग्रेनेड र विस्फोटक आत्मघाती बेल्ट’ सहित सुसज्जित थिए । सेनाले घटनास्थल र वरपरका क्षेत्रमा थप खोजी जारी राखेको छ।

आक्रमणका क्रममा पाँच अमेरिकी सैनिक र अन्य दुई घाइते भएको एक रक्षा अधिकारीले जानकारी दिएका छन् ।

इराकी अधिकारीले उक्त क्षेत्रमा छापा मारेको जानकारी गराएको केही घण्टापछि सेन्टकमको वक्तव्य शनिबार बिहानै आएको हो ।

इराकी गुप्तचर संस्थाले ‘दुई महिनाभन्दा बढीको मानव र प्राविधिक निगरानी’ ले जिहादीहरूले प्रयोग गर्ने ‘चार सुरक्षित घर’ पहिचान गर्न अनुमति दिएको बताएको छ।

मृत्यु हुनेमा वरिष्ठ नेतासमेत रहेको र फरेन्सिक परीक्षणको काम भइरहेको बताइएको छ ।

इराकमा इस्लामिक स्टेट समूहका ‘गतिविधि धेरै हदसम्म नियन्त्रण भएको’ भए पनि यो समूह छिटपुट र प्रभावशाली आक्रमण गर्न सक्षम छ,” संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख गरिएको छ। एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register