हमासको नियन्त्रणमा रहेका ६ जना बन्धक मृत अवस्थामा भेटिए

काठमाडौं। इजरायलले हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकलाई मृत अवस्थामा फेला पारेको छ । हमासले गाजामा बन्दी बनाएर राखेका उनीहरुलाई रफाह क्षेत्रस्थित भुमिगत सुरुङमा शनिबार मृत फेला पारेको इजरायली सेनाले जनाएको छ । सबै शवलाई इजरायली सिमानामा फिर्ता पठाइएको आईतबार जारी गरेको आईडिएफले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग […]

Sep 1, 2024 - 06:53
 0
हमासको नियन्त्रणमा रहेका ६ जना बन्धक मृत अवस्थामा भेटिए

काठमाडौं। इजरायलले हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकलाई मृत अवस्थामा फेला पारेको छ ।

हमासले गाजामा बन्दी बनाएर राखेका उनीहरुलाई रफाह क्षेत्रस्थित भुमिगत सुरुङमा शनिबार मृत फेला पारेको इजरायली सेनाले जनाएको छ ।

सबै शवलाई इजरायली सिमानामा फिर्ता पठाइएको आईतबार जारी गरेको आईडिएफले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कार्मेल ग्याट, इडेन येरुशाल्मी, हर्ष गोल्डबर्ग पोलिन, अलेक्ज्याण्डर लोबानोभ, अल्मोग सरुसी र मास्टर सार्जेंट ओरी डानिनोको शव भेटिएको आईडिएफले बताएको छ। सबै मृतकको परिवारलाई
जानकारी गराइसकिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणपछि २५१ जनालाई बन्धक बनाइएको थियो ।

६ जनालाई नै हमासले हत्या गरेको आइडिएफको विज्ञप्तिमा दाबी गरिएको छ ।

लडाइँका बीच अमेरिका, इजिप्ट र कतारका मध्यस्कर्ताको प्रयासमा युद्धविरामका लागि पहल पनि जारी छ । सो वार्ता सफल भएमा इजरायली कारगारमा रहेका प्यालेस्टिनी कैदीको बदलामा हमासले सबै बन्धक मुक्त गर्नेछ।

बाँकी रहेका ९७ बन्धकमध्ये २७ जना मारिएको अनुमान गरिएको छ । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म गाजामा ४० हजार ५ सयभन्दा धेरै मानिस मारिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register