आइएमई लिमिटेड र कमर्स प्लेक्सबीच सम्झौता

काठमाडौँ । आइएमई लिमिटेड र कमर्स प्लेक्स लिमिटेडबीच सम्झौता भएको छ । आइएमईको कर्पोरेट कार्यलयमा एक कार्यक्रमको आयोजना गरी रेमिटान्स सम्बन्धि रणनीतिक सम्झौता सम्पन्न भएको हो । सो कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र […]

Sep 5, 2024 - 10:49
 0
आइएमई लिमिटेड र कमर्स प्लेक्सबीच सम्झौता

काठमाडौँ । आइएमई लिमिटेड र कमर्स प्लेक्स लिमिटेडबीच सम्झौता भएको छ । आइएमईको कर्पोरेट कार्यलयमा एक कार्यक्रमको आयोजना गरी रेमिटान्स सम्बन्धि रणनीतिक सम्झौता सम्पन्न भएको हो ।

सो कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्स लिमिटेडका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खान लगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशीको उपस्थित रहेको थिए ।

कमर्स प्लेक्स सिमपैसा होल्डिङ्स कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी र क्यानडामा फिनट्रेसद्वारा संचालित लाइसेन्स प्राप्त विदेशी मुद्रा सेवा व्यवसाय (एफएमएसबि)ले नेपालको लागि रेमिट्यान्सको परिदृश्यलाई रूपान्तरण गर्ने लक्ष्यका साथ खोलिएको कम्पनी हो ।

कार्यक्रममा बोल्दै कमर्स प्लेक्स लिमिटेडका व्यवसाय प्रमुख शाहरोजले भने, ‘आइएमई लिमिटेडसँगको हाम्रो साझेदारीले वित्तीय समावेशीकरण र अतुलनीय सेवाको गुणस्तर प्रदान गर्न, प्रवासीहरूलाई भरपर्दो च्यानलहरूमार्फत पैसा पठाउनको लागि सशक्त बनाउन महत्वपूर्ण कदम अगाढी बढेको छ ।’

आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेडबीच यो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने विश्वास गरिएको छ भने आप्रवासी नेपालीहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ ।

आईएमइ लिमिटेड रेमिटान्सको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको एक महत्वपूर्ण तथा बहुचर्चित कम्पनी हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register