युएइ दूताबासले इमिराती महिला दिवस मनायो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ)को काठमाडौंस्थित दूताबासले “महिला सशक्तिकरण” कार्यक्रमको आयोजना गरी बिहीबार इमिराती महिला दिवस मनाएको छ । नेपालका लागि युएइका राजदूत अब्दुला अल शास्मीले आफ्नो निवासमा आयोजना गरेको कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला, काठमाडौंस्थित विदेशी नियोगका महिला प्रतिनिधीहरुका साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका महिलाहरुको सहभागिता थियो । कार्यक्रममा राजदूत शास्मीले […]

Sep 5, 2024 - 17:35
 0
युएइ दूताबासले इमिराती महिला दिवस मनायो

काठमाडौं ।

संयुक्त अरब इमिरेट्स (युएइ)को काठमाडौंस्थित दूताबासले “महिला सशक्तिकरण” कार्यक्रमको आयोजना गरी बिहीबार इमिराती महिला दिवस मनाएको छ ।

नेपालका लागि युएइका राजदूत अब्दुला अल शास्मीले आफ्नो निवासमा आयोजना गरेको कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला, काठमाडौंस्थित विदेशी नियोगका महिला प्रतिनिधीहरुका साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका महिलाहरुको सहभागिता थियो ।

कार्यक्रममा राजदूत शास्मीले युएइले आफ्नो स्थापना कालदेखि नै महिला र पुरुषलाई समान व्यवहार गर्दै आएको जिकिर गर्दै यूएइले हासिल गरेको प्रविधि र वैज्ञानिक प्रगतिमा महिलाहरुको महत्वपूर्ण भूमिकालाई सम्मान गर्न इमिराती महिला दिवस मनाउन थालिएको बताए । उनले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित अर्थात स्टेमको क्षेत्रमा महिलाको योगदानप्रति गर्व गर्दै युएइ महिला सशक्तिकरणप्रति प्रतिबद्ध रहेको बताए । उनले यूएइ सरकारले बितेको ३ वर्षमा २० वटाभन्दा बढी नियमकानुनहरुको पुनरावलोकन र परिमार्जन गर्दै स्टेमको क्षेत्रमा महिलाको संलग्नता बढाउन र उनीहरुलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न विभिन्न कार्यक्रम र नीतिहरु ल्याएको जानकारी दिए ।

राजदूत शास्मीले कूटनीतिक क्षेत्र र शान्ति स्थापनामा पनि इमिराती महिलाहरुले महत्वपूर्ण भूमिका निभाउँदै आएको र अन्तराष्ट्रिय मञ्चहरुमा पनि यूएइका महिलाहरुले देशको प्रतिनिधित्व गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नुले पनि महिला सशक्तिकरणप्रतिको यूएइको समर्थन र दृष्टिकोणलाई स्पट पारेको बताए । साथै उनले हालै मात्र यूएइले विश्वव्यापी महिला सशक्तिकरणका लागि संयुक्त राष्ट्रसंघलाई १ करोड ५० लाख डलरको प्रतिबद्धता व्यक्त गरेको पनि स्मरण गरे ।

यूएइले सन् २०१५ देखि प्रत्येक वर्ष अगस्ट २८ मा इमराती महिला दिवस मनाउँदै आएको छ । शेख फातिमा बिन्त मुबारक अल केतबीले युएइ इमिरात महिला संघको स्थापना गरेको दिनलाई नै इमराती महिला दिवस रुपमा मनाउन थालिएको हो । “हामी भोलीका लागि सहकार्य गर्छौं” भन्ने गत वर्षको नारासँग जोडेर यो वर्षका लागि “प्रेरणादायी वर्तमान, दीगो भविष्य” भन्ने नारा तय गरिएको छ । यो दिवसले महिलाहरुको योगदानलाई सम्मान गर्न र तिनीहरुको उपलब्धीलाई उत्सवको रुपमा मनाउँदै उनीहरुलाई अझै बढी सशक्त बनाउन प्रेरित गर्ने उद्देश्य लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register