नागढुंगामा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

काठमाडौं । नागढुंगा मन्दिर नजिक पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल रहेको मन्दिरको छेउमा पहिरो खसेको हो । पहिरोका कारण अहिले काठमाडौं भित्रने र बाहिरिने दुबै तर्फी सवारी आवागमन ठप्प भएको छ । प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीका अनुसार अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास जारी छ […]

Sep 9, 2024 - 14:27
 0
नागढुंगामा पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प

काठमाडौं । नागढुंगा मन्दिर नजिक पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल रहेको मन्दिरको छेउमा पहिरो खसेको हो ।

पहिरोका कारण अहिले काठमाडौं भित्रने र बाहिरिने दुबै तर्फी सवारी आवागमन ठप्प भएको छ । प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीका अनुसार अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास जारी छ ।

यस कारण काठमाडौं प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधन रोकिएका छन्, जसले यात्रुहरुलाई असुविधा भएको छ। पहिरो पन्छाउने कार्यमा विभिन्न निकायका टोली जुटेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register