पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तराष्ट्रि नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत प्रस्थान गरेका छन् । बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न […]

Sep 10, 2024 - 11:53
 0
पर्यटनमन्त्री पाण्डे भारत प्रस्थान

काठमाडौं ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तराष्ट्रि नागरिक उड्डयन संगठन (आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत प्रस्थान गरेका छन् ।

बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेका हुनु । एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको विहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

उक्त सम्मेलनमा .करीब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागीता हुने जनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register