भाडा महँगिने डरले दशैँका लागि धमाधम हवाई टिकट बुकिङ 

काठमाडौँ । दशैँ तिहार नजिकिएसँगै यात्रुहरुले धमाधम हवाई टिकट बुकिङ गर्न थालेका छन् । दशैँको मुखमा टिकटको मूल्य अचाक्ली महँगिने डरले यात्रुहरुले अग्रिम टिकट बुकिङ गरेका हुन् ।  यसो त एयरलाइन्स कम्पनीहरुले दशैँ तिहार वा चाडपर्वलाई नै लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउँदैनन् । तर, अनलाइनबाट सहज रुपमा टिकट बुक गर्न मिल्ने भएपछि यात्रुहरुले अहिलेदेखि […]

Sep 12, 2024 - 08:27
 0
भाडा महँगिने डरले दशैँका लागि धमाधम हवाई टिकट बुकिङ 

काठमाडौँ । दशैँ तिहार नजिकिएसँगै यात्रुहरुले धमाधम हवाई टिकट बुकिङ गर्न थालेका छन् । दशैँको मुखमा टिकटको मूल्य अचाक्ली महँगिने डरले यात्रुहरुले अग्रिम टिकट बुकिङ गरेका हुन् । 

यसो त एयरलाइन्स कम्पनीहरुले दशैँ तिहार वा चाडपर्वलाई नै लक्षित गरेर अग्रिम टिकट बुकिङ खुलाउँदैनन् । तर, अनलाइनबाट सहज रुपमा टिकट बुक गर्न मिल्ने भएपछि यात्रुहरुले अहिलेदेखि नै दशैँका लागि टिकट बुकिङ गर्न सुरु गरेको वायुसेवा कम्पनीहरुले जनाएका छन् । 

वायुसेवा सञ्चालक संघका प्रवक्ता मुरारीधर जोशीका अनुसार दशैँका लागि भन्दै अहिले दुर्गम गन्तव्यतर्फको हवाई यात्राका लागि टिकट बुकिङ गर्नेहरु धेरै छन् । यद्यपि अन्य गन्तव्यका लागि पनि अग्रिम टिकट बुकिङ भइरहेको जोशीले बताएका छन् । 

यता सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुला हुने बताइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारी निकायसँगको छलफलमा असोज पहिलो सातादेखि दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register