नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ सुरु हुँदै

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास सुरु हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए । अभ्यासका क्रममा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन […]

Sep 15, 2024 - 03:44
 0
नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ सुरु हुँदै

काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास सुरु हुने भएको छ । यो अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले ३० भदौदेखि २ असोजसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताए ।

अभ्यासका क्रममा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरुबारे ज्ञान आदनप्रदान हुनेछ । काठमाडौं, मकवानपुर र धादिङ जिल्लामा त्यससम्बन्धी अभ्यासहरु सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

सन् २०१२ देखि सुरु भएको अभ्यासको यो चौथो संस्करण हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register