काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई सरुवा गरेको छ । सरकारले गरेका ४० जना सहसचिवको सरुवामा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको पनि सरुवा भएको हो । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो । परियारलाई सञ्चार तथा सूचना प्रविधि […]

Sep 15, 2024 - 14:14
 0
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा

काठमाडौं ।

सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई सरुवा गरेको छ ।

सरकारले गरेका ४० जना सहसचिवको सरुवामा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको पनि सरुवा भएको हो । गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको करिब आठ महिनामा नै परियारको सरुवा गरिएको छ । परियार गत माघमा महानगरमा आएका थिए ।

परियारको सरुवा भएसँगै काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register