वसन्तपुरमा यसरी मनाइयो इन्द्रजात्रा (तस्वीरहरू)

काठमाडौं । उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी मनाइने सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाएका छन् । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्राको आज तेस्रो दिन श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तान्ने गरिन्छ । रथ तान्नु अघि वसन्तपुरमा राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वहरू […]

Sep 17, 2024 - 12:12
 0
वसन्तपुरमा यसरी मनाइयो इन्द्रजात्रा (तस्वीरहरू)

काठमाडौं । उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा–आराधना गरी मनाइने सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाएका छन् ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्राको आज तेस्रो दिन श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तान्ने गरिन्छ ।

रथ तान्नु अघि वसन्तपुरमा राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित भई जीवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा समेत रहेको छ।

विभिन्न देवीदेवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिन्चा आदिले पनि तिनै देवीदेवताको रथसँगै सहर परिक्रमा गर्ने गर्दछन् ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।

यो विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्र ध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

तस्वीरहरु-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register