आइसिसी विश्वकप लिग–२ मा ओमानसँग खेल्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। यस प्रतियोगिताको यो नेपालको दोस्रो खेल हो । पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो । क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७४ः५ बजे खेल सुरू हुनेछ । पहिलो खेलमा नेपाल मंगलबार बिहान घरेलु टोलीसँग १०३ रनको फराकिलो रनले पराजित भएको थियो। विश्वकप लिग–२ मा […]

Sep 18, 2024 - 03:16
 0
आइसिसी विश्वकप लिग–२ मा ओमानसँग खेल्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। यस प्रतियोगिताको यो नेपालको दोस्रो खेल हो । पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो ।

क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७४ः५ बजे खेल सुरू हुनेछ । पहिलो खेलमा नेपाल मंगलबार बिहान घरेलु टोलीसँग १०३ रनको फराकिलो रनले पराजित भएको थियो।

विश्वकप लिग–२ मा नेपालले कुल पाँच खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ। गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो।

ओमानसँग पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा २ खेल गुमाएको छ। गत वर्षको अप्रिलमा भएको एसिसी मेन्स प्रिमियर कपमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको थियो।

नेपालले सिरिजको तेस्रो खेल असोज ६ गते पुनः क्यानडासँग र असोज ८ गते पुनः ओमानसँग खेल्नेछ। एकदिसवीय सिरिजपछि यही असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ।

त्रिकोणात्मक टी–२० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ। त्यहाँ नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ। अमेरिका भ्रमणमा पनि नेपालले लिग–२ को त्रिकोणात्मक सिरिज र टी–२० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register