चर्चित गायिका प्रविशा दुलही बनिन्
चर्चित गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् ।

५ मंसिर, काठमाडौं । गायिका प्रविशा अधिकारी बेहुली बनेकी छन् । उनी आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् ।
प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील नेपाल प्रविशाको बिहेमा उपस्थित छन् । बिहेमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको बुझिएको छ ।
गायिका प्रविशा अधिकारी र इञ्जियिनर निर्माण सिटौला केही महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले केही दिनअघि मात्र इन्गेजमेन्ट गरेका थिए ।
निर्माण अमेरिकामा रहेर आईटी क्षेत्रमा सक्रिय छन् । चर्चित गायिका प्रविशा अहिले ‘द भ्वाइस किड्स’की कोच समेत हुन् ।
नेपाली चलचित्र र संगीत उद्योगमा स्थापित प्लेब्याक गायिकाको रूपमा, उनी नेपाली संगीतलाई प्रोत्साहन र उत्थान गर्न निरन्तर लागिरहेकी छिन्।
उहाँका धेरै सुन्दर गीतहरू मध्ये एक सुन्नुहोस्
What's Your Reaction?






