झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा, २७ असोज । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका– ७ स्थित इटाभट्टामा आइतबार बिहान साढे ७ बजे धुलाबारीबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र–०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी ४५ वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो । [...] The post झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु appeared first on Jhapa Online.

Oct 13, 2024 - 13:02
 0
झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा, २७ असोज । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका– ७ स्थित इटाभट्टामा आइतबार बिहान साढे ७ बजे धुलाबारीबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र–०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक अन्दाजी ४५ वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।

घाइते राजवंशीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक होटेल मेची क्राउनमा काम गर्ने मेचीनगर९६ का अन्दाजी ३५ वर्षीय अविशेक लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । आपसी समझदारीमा अवरोध हटाएर यातायात सुचारु गराएको प्रहरीले जनाएको छ ।

The post झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register