नेसपाको प्रथम विधान अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । पोखराको सभाहलमा मध्यान्ह १२ बजेदेखि अधिवेशन सुरु हुने लागेको हो । पहिलो सत्रमा उद्घाटन कार्यक्रम रहेको छ । दोस्रो सत्रमा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईले विधान मस्यौदा पेश गर्ने कार्यसूची रहेको छ । समूहगत छलफल सकिएपछि […]

Oct 21, 2024 - 06:25
 0
नेसपाको प्रथम विधान अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को प्रथम विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । पोखराको सभाहलमा मध्यान्ह १२ बजेदेखि अधिवेशन सुरु हुने लागेको हो । पहिलो सत्रमा उद्घाटन कार्यक्रम रहेको छ ।

दोस्रो सत्रमा महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईले विधान मस्यौदा पेश गर्ने कार्यसूची रहेको छ । समूहगत छलफल सकिएपछि मङ्गलवार निष्कर्ष सुनाउने कार्यसूची रहेको सो पार्टीले जनाएको छ ।

बन्दसत्रबाट आएका प्रश्नको जवाफ दिएपछि अधिवेशन सम्पन्न हुनेछ। पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादवले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि पार्टी विभाजन भएको थियो ।

चैत ५ र ६ गते बसेको भट्टराई समूहको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता भङ्ग गरी माघमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register