गङ्गा दाहाललाई सञ्जय दत्तको सन्देश: स्मितालाई बिहेको शुभकामना, चाँडै भेट्न आउने वाचा

काठमाडौं । चर्चित भारतीय अभिनेता सञ्जय दत्तले शुक्रबार वैवाहिक सम्बन्धमा बाँधिएकी गायिका स्मिता दाहाललाई शुभकामना दिएका छन् । प्राविधिक कारणले विवाहमा आउन नपाएको भन्दै दत्तले भिडिओमार्फत् शुभकामना पठाउँदै छिट्टै नेपाल आएर भेट्ने बताएका हुन् । दत्तले स्मिताकी आमा गङ्गा दाहाललाई पठाएको एक भिडिओ सन्देशमा भनेका छन्, ‘नमस्कार । जय भोलेनाथ, हरहर महादेव । केही प्राविधिक […]

Dec 10, 2024 - 12:07
 0
गङ्गा दाहाललाई सञ्जय दत्तको सन्देश: स्मितालाई बिहेको शुभकामना, चाँडै भेट्न आउने वाचा

काठमाडौं । चर्चित भारतीय अभिनेता सञ्जय दत्तले शुक्रबार वैवाहिक सम्बन्धमा बाँधिएकी गायिका स्मिता दाहाललाई शुभकामना दिएका छन् ।

प्राविधिक कारणले विवाहमा आउन नपाएको भन्दै दत्तले भिडिओमार्फत् शुभकामना पठाउँदै छिट्टै नेपाल आएर भेट्ने बताएका हुन् ।

दत्तले स्मिताकी आमा गङ्गा दाहाललाई पठाएको एक भिडिओ सन्देशमा भनेका छन्,

‘नमस्कार । जय भोलेनाथ, हरहर महादेव । केही प्राविधिक कारणले म तपाईँको समारोहमा उपस्थित हुन सकिन । तर, मेरी भान्जी स्मीता सायुज्यको बिहेको हार्दिक शुभकामना । मेरी बहिनी गङ्गा र उनको परिवारलाई मेरो तर्फबाट शीवजीको धेरै धेरै आदर्शवाद रहोस् भन्ने चाहन्छु । गङ्गा बहिनी म छिट्टै आएर भेट्नेछु र छोरीलाई आर्सीवाद दिनेछु । छिट्टै भेटौँला । हरहर महादेव जय भोलेनाथ ।’

गायिका स्मिता काठमाडौंको बबरमहल निवासी सायुज्य श्रेष्ठसँग वैवाहिक सम्बन्धमा बाँधिएकी हुन् ।

विवाह समारोह काठमाडौंको मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा आयोजना गरिएको थियो ।

प्रचण्डकी नातिनी स्मितालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

स्मितालाई यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विवाहको शुभकामना दिएका थिए । मोदीले आफूलाई विवाह उत्सवमा निम्ता गरिएकामा आभार व्यक्त गरेका थिए । आउन नपाएको भन्दै शुभकामना सन्देश पुर्‍याईदिन आग्रह गर्दै पत्र पठाएका थिए ।

स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

सानै उमेरदेखि साङ्गीतिक यात्रामा सक्रिय स्मिताका ‘मायालु तिमी कता छौ’, ‘कल्लाई था छैन’ जस्ता गीत लोकप्रिय छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register