कचनकवलमा अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर उद्घाटन

कचनकवल, ८ पुस । झापाको कचनकवल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ शिविर शुरु भएको छ। वडा नम्बर २ को वडा कार्यालयमा आज स्थानिय अपाङ्गता समन्वय समितिका अध्यक्षसमेत रहनुभएका पालिका उपाध्यक्ष नवराज भट्टराई, कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी र करुणा फाउन्डेसनका वरिष्ठ कार्यक्रम प्रवन्धक कमल कोइरालगायतले शिविर उद्घाटन गर्नुभयो। कार्यक्रममा करुणा फाउन्डेसनका वरिष्ठ कार्यक्रम [...] The post कचनकवलमा अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर उद्घाटन appeared first on Jhapa Online.

Dec 23, 2024 - 10:21
 0
कचनकवलमा अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर उद्घाटन

कचनकवल, ८ पुस । झापाको कचनकवल गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ शिविर शुरु भएको छ।

वडा नम्बर २ को वडा कार्यालयमा आज स्थानिय अपाङ्गता समन्वय समितिका अध्यक्षसमेत रहनुभएका पालिका उपाध्यक्ष नवराज भट्टराई, कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी र करुणा फाउन्डेसनका वरिष्ठ कार्यक्रम प्रवन्धक कमल कोइरालगायतले शिविर उद्घाटन गर्नुभयो।

कार्यक्रममा करुणा फाउन्डेसनका वरिष्ठ कार्यक्रम प्रवन्धक कमल कोइरालाले अपाङ्गता पहिचान, रोकथाम र पुनर्स्थापनाका विषयमा प्रकाश पार्नुभयो। उहाँले त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले कार्यक्रमको महत्त्वका विषयमा बताउँदै भन्नुभयो, “यो कार्यक्रम स्थानिय सरकार कचनकवल गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसनको त्रीपक्षीय साझेदारीमा सञ्चालन भएको हो। खास गरी करुणा फाउन्डेसनसँग कचनकवलको ३ वर्षसम्म सम्झौता भएको छ। विभिन्न चरणका कार्यक्रम गर्दै जाँदा आज अपाङ्गता पहिचान तथा आवश्यकता पहिचान कार्यक्रम सञ्चालन गरिएको हो।

अपाङ्गता भएका व्यक्तिहरूले झन्झटिलो प्रक्रियाका कारण परिचयपत्र लिन कठिनाइ भोगिरहेका छन्। यसले शारीरिक रूपमा असक्षम भएकाहरूलाई झनै समस्या थप्ने गरेको छ। यही कुरा ध्यानमा राख्दै कचनकवलका विभिन्न वडाहरूमा यो कार्यक्रम सञ्चालन गरिएको हो। पुनर्स्थापनाका उपायहरूमाथि काम गर्न यो कार्यक्रम अझै महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।”

गाउँपालिका उपाध्यक्ष तथा अपाङ्गता समन्वय समितिका अध्यक्ष नवराज भट्टराईले कार्यक्रममा बोल्दै भन्नुभयो, “आज हामी यस्तो क्षेत्रमा काम गरिरहेका छौं, जहाँ शारीरिक रूपमा अशक्त भएका व्यक्तिहरूले निकै समस्या खेप्नुपरेको छ। हाम्रो समाजले अझै पनि अपाङ्गता भएका व्यक्तिहरूलाई सहजै ग्रहण गर्न सकिरहेको छैन। यस्तो अवस्थामा उनीहरूको जीवनयापनमा सहजता ल्याउन र उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन यस प्रकारका कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्छ।

हाल करुणा फाउन्डेसनले कचनकवलका विभिन्न क्षेत्रमा अपाङ्गता पहिचान तथा पुनर्स्थापना कार्यमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ। हामीले यो प्रयासलाई निरन्तरता दिन प्रतिबद्धता जनाएको छौं।”

कचनकवल गाउँपालिकाले हरेक २९ दिनभित्र बालबालिकाको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था लागू गरेको छ। कुनै बालबालिकामा अपाङ्गताको लक्षण देखिएमा तत्काल उपचारको व्यवस्था गरिएको छ। यससँगै, १० वर्षमुनिका बालबालिकाहरूमा अपाङ्गताको पहिचान गरी उपचारको सुनिश्चिता गर्ने काम पनि भइरहेको छ।

“हामी यहाँ रहेका बालबालिकाको स्वास्थ्य नियमित परीक्षण गर्दै आइरहेका छौं। अपाङ्गताको कुनै पनि लक्षण देखिनासाथ उपचार प्रक्रिया थाल्न कचनकवल गाउँपालिकाले ठूलो प्रयास गरिरहेको छ,” कार्यक्रममा वक्ताहरूले बताएका थिए।

शिविरमा कान, आँखा, फिजियोथेरापी, र मानसिक स्वास्थ्य परीक्षणका लागि विशेषज्ञ टोली परिचालित छन्। कार्यक्रममा अपाङ्गता भएका तर परिचयपत्र प्राप्त नगरिएका व्यक्तिहरूलाई परिचयपत्र वितरण, श्रवण यन्त्र, ह्वीलचेयरजस्ता सहायक सामग्रीसम्बन्धी चेकजाँच र वितरणसमेत गरिएको छ।

“यो शिविर फरक छ। यसमा अपाङ्गता भएका व्यक्तिहरूलाई पहिचान गर्ने, उनीहरूको आवश्यकता अनुसार सेवा उपलब्ध गराउने, र सामाजिक न्याय सुनिश्चित गर्ने प्रयास गरिएको छ,” करुणा फाउन्डेसनका प्रतिनिधिले बताए।

सामाजिक विकास मन्त्रालय, कचनकवल गाउँपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा सञ्चालन भइरहेको यस कार्यक्रमले अपाङ्गता रोकथाम र पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

भोलि पुस ८: स्वास्थ्य चौकी, घेराबारी
पुस ९: स्वास्थ्य चौकी, पथरिया
पुस १०: स्वास्थ्य चौकी, पाठामारी
पुस ११: वडा नं. ४ को वडा कार्यालय
पुस १२: वडा नं. ५ को वडा कार्यालय
पुस १३: कचनकवल गाउँपालिकाको कार्यालय

आज ७४ जनाले सेवा लिएका छन्। जसमध्ये १४  जनाले नयाँ अपाङ्गताको परिचयपत्र प्राप्त गरेका छन् भने ४ जनाको वर्ग परिवर्तन भएको छ।

“अपाङ्गता भएका व्यक्तिहरूले दैनिक जीवनमा थुप्रै कठिनाइ भोगिरहेका छन्। यस शिविरले उनीहरूलाई सहजता प्रदान गर्नुका साथै अपाङ्गताको जोखिम घटाउने महत्त्वपूर्ण भूमिका खेल्नेछ,” अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले बताउनुभयो।

“हामी अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, उपचार, र पुनर्स्थापनाका लागि प्रतिबद्ध छौं। यो कार्यक्रमले उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने विश्वास लिएका छौं,” उपाध्यक्ष नवराज भट्टराईले भन्नुभयो।

कार्यक्रममा कचनकवल अपाङ्गता संस्थाका अध्यक्ष डम्बरबहादुर रिमालले मन्तव्य राखेका थिए भने सुनिता दाहालले स्वागत मन्तव्य राखिइन् भने कार्यक्रम सञ्चालन उमेश मिश्र गरेका थिए।

The post कचनकवलमा अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविर उद्घाटन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register