माओवादी केन्द्रले तय गर्‍यो केन्द्रीय कमिटी बैठकको एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प आजको आवश्यकता शीर्षकको अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनसहितका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गरेको हो । त्यस्तै, अध्यक्षलगायत प्रदेशका अध्यक्षहरुले […]

Jan 2, 2025 - 10:44
 0
माओवादी केन्द्रले तय गर्‍यो केन्द्रीय कमिटी बैठकको एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प आजको आवश्यकता शीर्षकको अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनसहितका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गरेको हो ।

त्यस्तै, अध्यक्षलगायत प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गरिने, आगामी कार्ययोजना लगायतका एजेण्डासमेत तय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकमा प्रचण्डले संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस–एमालेले अप्राकृतिक रुपमा सरकार बनाएको बताएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

अहिले संविधान संशोधन नभई संविधानको प्रभावकारी कार्यान्वयनमा जानुपर्नेमा प्रचण्डको जोड रहेको उहाले बताए । संविधान संशोधन गर्नुपर्ने भएमा राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्नेमा माओवादीको धारणा रहेको प्रवक्ता सापकोटाले धारणा राखे ।

त्यस्तै, उनले अन्तर्राष्ट्रिय विषयका बारेमा सरकार उदासीन भएको र असफल भएको जिकिर गरे । सरकारको ध्यान भ्रष्टचारी र विचौलियालाई जोगाउनका लागि केन्द्रित भएको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register