बुधबार १७.२८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । […]

Mar 12, 2025 - 09:36
 0
बुधबार १७.२८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै कारोबार माछापुच्छ्रे बैंक लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ८१ करोड ३६ लाख ५२ हजार १०० रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, बुधबारको बजारमा पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register