दुर्गा प्रसाईंविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता, कसुर पुष्टि भए ७ वर्ष जेल ! 

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंमाथि आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले प्रसाईंविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको आरोपमा मुद्दा दायर गरेका हुन् । प्रसाईंसहित सरकारी वकिल कार्यालयले उक्त मुद्दामा अन्य दुई जनालाई पनि प्रतिवादी बनाएको छ ।  जसमध्ये प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा […]

Jan 9, 2025 - 02:12
 0
 दुर्गा प्रसाईंविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता, कसुर पुष्टि भए ७ वर्ष जेल ! 

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंमाथि आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले प्रसाईंविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको आरोपमा मुद्दा दायर गरेका हुन् ।

प्रसाईंसहित सरकारी वकिल कार्यालयले उक्त मुद्दामा अन्य दुई जनालाई पनि प्रतिवादी बनाएको छ । 

जसमध्ये प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका हरिचन्द्र फुयाल र तेह्रथुम घर भई झापाको बिर्तामोड बस्ने ४२ वर्षीय रामचन्द्र मैनाली रहेका छन् । मुद्दामा प्रतिवादी बनाइएका मैनाली भने फरार छन् । 

प्रसाईंलाई यसअघि अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको थियो । प्रसाईंमाथि हरिचन्द्रराचन्द्रलाई प्रयोग गरी भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर राष्ट्र बैंकका गभर्नर, बैंकर र व्यवसायीलाई धम्काउने तथा रकम असुली गर्ने गरेको आरोप छ ।

प्रसाईंसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा आपराधिक लाभ लिन नहुने कसुर गरेको भन्दै सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको सजाय मागदाबी गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register