देशका ७४३ स्थानीय तहमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्नो फोरजी सेवा देशका ७४३ स्थानीय तहमा विस्तार गरेको छ । आइतबार कम्पनीको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले यस्तो जानकारी दिएकी हुन् । सातै प्रदेशका ७७ ओटै जिल्लाका कूल ७४३ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार फोरजी एलटीई सेवाको पहुँच विस्तार भई सबै जिल्लामा उच्च गतिको एफटीटीएच सेवासमेत विस्तार भएको उनको भनाई थियो । अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्...

What's Your Reaction?






