नवनियुक्त अमेरिकी विदेशमन्त्रीलाई बधाई दिँदै परराष्ट्रमन्त्री राणाले भनिन् – सहकार्य गर्न तयार छु

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको ७२ औँ विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकोमा हार्दिक ज्ञापन गरेकी छिन् । मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत उनले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोलाई बधाई दिएकी हुन् । परराष्ट्रमन्त्री राणाले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गरेकी छिन् […]

Jan 21, 2025 - 06:09
 0
नवनियुक्त अमेरिकी विदेशमन्त्रीलाई बधाई दिँदै परराष्ट्रमन्त्री राणाले भनिन् – सहकार्य गर्न तयार छु

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको ७२ औँ विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त भएकोमा हार्दिक ज्ञापन गरेकी छिन् ।

मङ्गलबार सामाजिक सञ्जाल एक्समार्फत उनले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोलाई बधाई दिएकी हुन् ।

परराष्ट्रमन्त्री राणाले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गरेकी छिन् ।

नवनियुक्त अमेरिकी विदेशमन्त्री रुबियो फ्लोरिडाका राज्यसभा सदस्य हुन् । ५३ वर्षीय उनको नियुक्तिको प्रस्तावलाई सिनेटले ९९ मतले अनुमोदन गरेको हो ।

उनलाई विदेशमन्त्री नियुक्ति गर्नेसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा एक मत पनि नपरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register