आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली हानेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए । माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) […]

Jan 25, 2025 - 04:46
 0
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले आफैँलाई गोली हानेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए ।

माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register