टी-२० टिम अफ द इयर घोषणा, को-को परे ?
काठमाडौं । आईसीसीले शनिबार सन् २०२४ को टी–२० टिम अफ द इयर घोषणा गरेको छ । यो टोलीमा ४ भारतीय खेलाडीले स्थान पाएका छन् । रोहित शर्मालाई कप्तान बनाएको छ । उनीबाहेक अलराउन्डर हार्दिक पाण्डेय र फास्ट बलर जसप्रित बुमराह र अर्शदीप सिंह पनि टोलीमा छन् । भारतबाहेक अन्य देशका एक जनाभन्दा बढी खेलाडीले मौका पाएका […]

काठमाडौं । आईसीसीले शनिबार सन् २०२४ को टी–२० टिम अफ द इयर घोषणा गरेको छ ।
यो टोलीमा ४ भारतीय खेलाडीले स्थान पाएका छन् । रोहित शर्मालाई कप्तान बनाएको छ । उनीबाहेक अलराउन्डर हार्दिक पाण्डेय र फास्ट बलर जसप्रित बुमराह र अर्शदीप सिंह पनि टोलीमा छन् ।
भारतबाहेक अन्य देशका एक जनाभन्दा बढी खेलाडीले मौका पाएका छैनन् । पाकिस्तानका बाबर आजम, अष्ट्रेलियाका ट्राभिस हेड र अफगानिस्तानका राशिद खान पनि टोलीमा छन् ।
त्यसको एक दिनअघि शुक्रबार आईसीसीले वर्षको उत्कृष्ट टेस्ट र ओडीआई टिम अफ द इयर घोषणा गरेको थियो ।
What's Your Reaction?






