सेयर बजारमा साढे आठ अङ्कको गिरावट 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा साढे आठ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ८ दशमलव ६० अङ्कले घटेर २६६७ दशमलव ६८ को विन्दुमा पुगेको छ । बिहीबार ३२१ कम्पनीको ४९ हजार ६३२ पटकको कारोबारमा एक करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा […]

Apr 10, 2025 - 10:35
 0
सेयर बजारमा साढे आठ अङ्कको गिरावट 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा साढे आठ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ८ दशमलव ६० अङ्कले घटेर २६६७ दशमलव ६८ को विन्दुमा पुगेको छ ।

बिहीबार ३२१ कम्पनीको ४९ हजार ६३२ पटकको कारोबारमा एक करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ रहेको छ ।

११३ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । राधी विद्युत् कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register