ताप्लेजुङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
ताप्लेजुङ, २१ माघ । ताप्लेजुङको पाथिभरा याङ्बरक गाउँपालिका–१ स्थितबाट एक नाले भरुवा बन्दुकसहित स्थानीय ४० बर्षीय बिर्खराज राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेका छन भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक रबि रावल सहितको प्रहरी टोली खटिगई घर खानतलासी गर्दा घरभित्र लुकाईछिपाई राखेको अवस्थामा [...] The post ताप्लेजुङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ appeared first on Jhapa Online.

ताप्लेजुङ, २१ माघ । ताप्लेजुङको पाथिभरा याङ्बरक गाउँपालिका–१ स्थितबाट एक नाले भरुवा बन्दुकसहित स्थानीय ४० बर्षीय बिर्खराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेका छन भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी नायव उपरीक्षक रबि रावल सहितको प्रहरी टोली खटिगई घर खानतलासी गर्दा घरभित्र लुकाईछिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेकोमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका राईको आवश्यक कानूनि कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।
The post ताप्लेजुङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






