चितवन जिल्ला अदालतमा रविको बयान जारी

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा बयान जारी छ । उनको बयान बुधबार दिउँसो जारी रहेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाका न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ । सहकारी ठगी […]

Feb 5, 2025 - 07:03
 0
चितवन जिल्ला अदालतमा रविको बयान जारी

काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा बयान जारी छ ।

उनको बयान बुधबार दिउँसो जारी रहेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाका न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

सहकारी ठगी प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा उपस्थित भएका हुन् ।

साहारा चितवनको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मङ्गलबार मुद्दा दर्ता भएको थियो । व्यक्तिबाहेक ६ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिवादीमा लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन् ।

रविविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register