बागमतीका मेयर भरत थापाविरुद्धको मुद्दामा ‘बुझ्ने आदेश’

काठमाडौं । विशेष अदालतले बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचार मुद्दामा ‘बुझ्ने आदेश’ गरेको छ । न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र विदुर कोइरालाको इजलासले यस्तो आदेश दिएको हो । साथै, अदालतले मुद्दामा सम्बन्धित थप प्रमाण मगाएको पनि भनेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा भ्रष्टाचार मुद्दा दायर […]

Apr 20, 2025 - 10:59
 0
बागमतीका मेयर भरत थापाविरुद्धको मुद्दामा ‘बुझ्ने आदेश’

काठमाडौं । विशेष अदालतले बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचार मुद्दामा ‘बुझ्ने आदेश’ गरेको छ ।

न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र विदुर कोइरालाको इजलासले यस्तो आदेश दिएको हो । साथै, अदालतले मुद्दामा सम्बन्धित थप प्रमाण मगाएको पनि भनेको छ ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको दाबीसहित मेयर थापासहित चारजनाविरुद्ध २८ चैत २०८० मा मुद्दा दर्ता गरेको थियो ।

यस्तै ०७४ असोजदेखि ७९ माघसम्म सार्वजनिक पदधारण गर्दाको अवधिमा थापाले अवैध रुपमा पाँच करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register