एन्फा वरिष्ठ उपाध्यक्ष खड्कालाई कारबाही गर्न ‘सी’ डिभिजन क्लबको माग

काठमाडौं। सहिद स्मारक ‘सी’ डिभिजन लिगका १० क्लबले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको कारबाही माग गर्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई संयुक्त पत्र बुझाएका छन्। गत वर्ष सम्पन्न भएको ‘सी’ डिभिजन लिगमा सहभागी अधिकांश क्लबले मिलेमतो गरेको भन्दै खड्काले सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदै फिफा र एएफसीमा पत्रचारसमेत गरेका हुन् । उपाध्यक्ष खड्काको अभिव्यक्तिले क्लबको छविमा असर परेको […]

Feb 7, 2025 - 04:54
 0
एन्फा वरिष्ठ उपाध्यक्ष खड्कालाई कारबाही गर्न ‘सी’ डिभिजन क्लबको माग

काठमाडौं। सहिद स्मारक ‘सी’ डिभिजन लिगका १० क्लबले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको कारबाही माग गर्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई संयुक्त पत्र बुझाएका छन्।

गत वर्ष सम्पन्न भएको ‘सी’ डिभिजन लिगमा सहभागी अधिकांश क्लबले मिलेमतो गरेको भन्दै खड्काले सामाजिक सञ्जालमा अभिव्यक्ति दिँदै फिफा र एएफसीमा पत्रचारसमेत गरेका हुन् ।

उपाध्यक्ष खड्काको अभिव्यक्तिले क्लबको छविमा असर परेको भन्दै उनलाई निलम्बन गर्न मागसहित ५ क्लब पत्र लिएर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स गएका हुन् ।

खड्कामाथि कारबाहीको माग राख्दै झम्सीखेल युथ क्लब, स्वयम्भू क्लब, महावीर क्लब, खालीबारी युवा फुटबल क्लब, स्पोर्ट्स एकेडेमी साँगा, समाज कल्याण खेलकुद केन्द्र, मनोहरा युनाइटेड क्लब, पुलचोक स्पोर्ट्स क्लब, सानेपा क्लब र सामाजिक युथ क्लबले पत्र बुझाएका हुन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register